Gold
Bangad salyan

खिमा खत्रीमाथिको बला,त्कारपछि ह,त्याका अपराधीलाई कानुनि कठघरामा ल्याउछौ : सांसद बस्नेत

असार ६ सल्यान – पूर्व सामान्य प्रशासन् मन्त्री संघीय सासंद टेक बहादुर बस्नेतले खिमा खत्रीमाथिको बला,त्कारपछि ह,त्याका अपराधीलाई कानुनि कठघरामा उभ्याइने बताएका छन्।

सल्यान दार्मा गाँउपालिका ५, साविक ढाकाडाम १ गाैंतेकि ३० बर्षीय खिमा खत्रीमाथि गरिएको क्रुरताका दोषीलाई तत्काल पत्ता लगाई कडा काराबाही गर्न समेत उनले प्रहरी प्रशाशनलाई अनुरोध गरेका छन्।

कंचनपुरकि बालिका निर्मला पन्त ह,त्त्या काण्डस्तरकै अपराधिक परिघटना भएपनि म विश्वास दिलाउन चाहन्छु यो घटनाका दोषी तत्काल पक्राउ पर्ने छन् ,घटना लुकाउनका लागि राज्यसत्ताकाे सञ्जाल कञ्चनपुर नै पुग्नु परेन, सांसद बस्नेतले रंग दर्पणलाई भने।

केहि वर्ष अगाडी पनि सल्यानकाे त्रिवेणी सिम्ककि निर्मला विकको बला,त्कार पछि ह,त्या गरिएको थियो। निर्मलाको दोषीलाई प,क्राउ गरिएपछि सबैको पोल खोल्न सक्ने डरले हिरासतमानै उनको ह,त्या गरि आत्मह,त्या गरिएको संज्ञा दिईएको थियो।

अपराध लुकाएर नलुक्ने भन्दै आफू सल्यानकाे प्रहरी प्रशासनप्रति विश्वस्त रहेको र तत्काल दोषीलाई पक्राउ गरि कारबाही अगाडी बढाउन सासंद बस्नेतले आग्रह गरे ।

गत जेठ ३१ गते राति खिमबहादुर खड्काकी श्रीमती खिमा खत्रीको धनमाल गर ,गहन लुटपाट गरि बला त्कार पछि ह,त्या गरिएको थियो। उनको शव असार १ गते बिहान लयटा नजिकै ठुलो खोलामा फेला परेको थियो।

मृ,तक खिमाका श्रीमान् रोजगारको लागि विदेशमा छन्  भने उनका दुई छोरा र एक छोरी छन्। उनको सुनियोजित ढंगले बलात्कार पछि ह,त्या गरिएको खुलेको छ।

मृ,तकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा लागिएको थियो। दोषी नभेटिदासम्म लास बुझ्न मृतकका आफन्तले अस्विकार गरेका थिए।

जिल्ला प्रहरी कार्यालय सल्यानले घटनाको गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको र तत्काल दोषीलाई पक्राउ गरि कानुनि कारबाही गरिने वचन दिएपछि मृतक खिमाको आफन्तले दाहससंकार गरेका छन्।