Gold
Bangad salyan

सल्यानमा एक महिलामाथि सामूहिक बलात्कार पछि ह,त्या

असार ६ सल्यान – सल्यान दार्मा गाँउपालिका ५, साविक ढाकाडाम १ गाैंतेकि ३० बर्षीय खिमा खत्रीमाथि सामूहिक बला,त्कार पछि हत्या गरेको पाईएको छ।

गत जेठ ३१ गते राति खिमा खत्रीको धनमाल गर गहना लुटपाट पछि बलात्कारी गरि ह,त्या गरिएको थियो। उनको शव असार १ गते बिहान लयटा नजिकै ठुलो खोलामा फेला परेको थियो।

मृतक खिमाका श्रीमान् रोजगारको लागि विदेशमा छन्। मृतक खिमाका दुई छोरा छोरी छन्। उनको सुनियोजित ढंगले बला,त्कार पछि हत्या गरिएको खुलेको छ, जिल्ला प्रशासन कार्यालयले दोषीको खोजि कार्य अनुसन्धान गरेपनि घटना भएको हप्तौ सम्म अपराधी फेला नपरेपछि स्थानीयले सरकारको विरोध गरेका छन्।

मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा लागिएको थियो। दोषी नभेटिदासम्म लास बुझ्न मृतकका आफन्तले अस्विकार गरेका थिए।

जिल्ला प्रहरी कार्यालय सल्यानले घटनाको गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको र तत्काल दोषीलाई पक्राउ गरि कानुनि कारबाही गरिने वचन दिएपछि मृ,तक खिमाको आफन्तले दाहससंकार गरेका छन्।

खिमाको मृ,त्यु हुनु अघिल्लो दिन उनको घरमा केहि ब्याक्तिले कुखुरा काटेर खाएका थिए ,जसमा एक स्वास्थ्यकर्मी समेत रहेका थिए। खिमा आफूले काम गरेको पैसा लिन गएर फर्किदै गर्दा उनको ह,त्या बलात्कार पछि हत्या भएको खुलेको छ। उनले लगाएका सबै गर गहना समेत लुटपाट गरि बला,त्कारपछि ह,त्या गरिएको अवस्थामा शव फेला परेको थियो।