Gold
Bangad salyan

जातपातजन्य विभेदका विरूद्ध रुपा सुनारले उठाएको मुद्दामा सबैले साथ दिन भट्टराईको आग्रह

असार ९ ,काठमान्डौ – जनता समाजवादी पार्टीका नेता संघीय परिषद अध्यक्ष पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले संचारकर्मी रुपा सुनारलाई जातपातजन्य विभेदका विरूद्ध उठाएको मुद्दामा सबैले साथ् दिन आग्रह गरेका छन्।

भट्टराईले रुपा सुनारलाई ब्यक्तिगत रूपमा नचिन्ने तर नेपाली समाजको सबभन्दा पिंधमा पारिएको दलित समुदायको पनि पिंधमा रहेका महिलाको प्रतिनिधिको रूपमा उनले जातपातजन्य विभेदका विरूद्ध गरेको विद्रोहलाई सबै सत्य र न्यायका पक्षधरहरूले साथ दिनुपर्ने बताअका हुन् । त्यस्तै यो मुद्दामा साथ् दिन कोहि पछि हट्न समेत आग्रह गरेका छन्।

रुपा सुनारमाथि काठमान्डौ बबहरमहलकि सरस्वति प्रधानले गरेको जातिय व्यवहारविरुद्द जात व्यवस्था उन्मूलन मोर्चा नेपालले विज्ञप्ति जारि गरेको छ। उक्त विज्ञप्ति राख्दै भट्टराईले यो अवस्थामा सम्म जातका आधारमा विभेद गरिनु दुखद भएको भन्दै रुपालाई सबैले साथ् दिन आग्रह गरेका हुन्।