Gold
Bangad salyan

एमाले नेता प्रभु साहलाई स्थानीयले ढुंगा मुढा हान्दै लखेटे

असार १० काठमान्डौ – नेकपा एमालेका नेता प्रभु साहलाई स्थानीयले ढुँगा मुढा गरेका छन्। रौतहटको मौलापुर नगरपालिकाको नगर सभामा प्रभु साह उपस्तिथित भएको बेला स्थानीयले नगर सभा विथोल्दै ढुँगा मुढा गरेका हुन्।

स्तिथिलाई नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड अश्रुग्यास समेत प्रहार गरेको छ। मन्त्री पाउन माओवादी केन्द्रबाट शाह एमालेमा प्रवेष गरेका थिए। आज पाँचौं नगरसभामा बजेट पेश गर्ने कार्यक्रम थियो। उक्त कार्यक्रममा शाह प्रमुख अतिथि बनेर गएका थिए।

स्थानीयले प्रतिगमनकारी मुर्दावाद अवसरवादी मुर्दावादका नारा लगाउंदै ढुँगा मुढा गरेका हुन्। मौलापुरको मेयर रीनाकुमारी साह हुन्। प्रभु साहले उक्त मौलापुर नगरपालिकामा आफ्नै श्रीमती रीनाकुमारीलाई मेयर बनाएका छन्।