Gold
Bangad salyan

राष्ट्रपतिको अर्को गलत कदम संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त

असार १० ,काठमान्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक आयोगहरू लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतमा २० जना तथा न्याय परिषदमा नियुक्ति गरेकी छन् ।

संसदीय सुनुवाइ विना नै बिहिबार राष्ट्रपतिले उनीहरुलाई नियुक्त गरेकी हुन् । राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा डा. हरि पौडेल (बागलुङ) र डा. सुमित्रा श्रेष्ठ (ललितपुर) नियुक्त भएका छन् ।

त्यस्तै लोकसेवा आयोगको अध्यक्षमा माधवप्रसाद रेग्मीलाई नियुक्त गरिएको छ भने निर्वाचन आयोगको आयुक्तमा सगुनशम्शेर जबरा नियुक्त भएक हुन्।

त्यस्तै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग विपिनराज निरौलालाई नियुक्त गरिएको छ। राष्ट्रिय महिला आयोगमा जया घिमिरे,सावित्राकुमारी शर्मा, सुन्दर पुर्कोटी नियुक्त भएका छन्।

गत वैशाख २६ गते बसेको संवैधानिक परिषदको बैठकले लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संवैधानिक आयोगमा २० पदाधिकारी सिफारिस गरेको थियो ।

संवैधानिक परिषदले सिफारिस गरेपछि संसदीय सुनुवाई हुने र सुनुवाई गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने वैधानिक प्रावधान भएपनि प्रतिनिधिसभा विघटन भएकैबेला उनीहरुको सिधै नियुक्ति भएको पाईएको छ।