Gold
Bangad salyan

पाँच जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरिन

असार ११ काठमान्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छन्। बिहीबार राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम राष्ट्रिय सभाको अधिवेशन आह्वान भएको हो।

राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईका अनुसार असार १० गतेको मन्त्रिपरिषद्को सिफारिस अनुसार असार १७ गते दिउँसो ४ बजेका लागि राष्ट्रपतिबाट अधिवेशन आह्वान गरिएको छ ।