जातिय विभेदको पिडामा परेकी रुपा सुनारलाई मुद्दा हाल्ने भन्दै नेवारहरुको हस्ताक्षर संकलन सुरु
असार १३ ,काठमान्डौ – दलित समुदायका व्यक्तिलाई कोठा भाडामा नदिएको अभियोग लागेकी जनजाति नेवार सरस्वती प्रधानलाई फसाइएको भन्दै उनको न्याय’को लागि काठमाडौंमा हस्ताक्षर संकलन गरिएको छ ।
नेवार समुदायका अभियन्ताहरुले आज वसन्तपुर क्षेत्रको हनुमानढोकामा हस्ताक्षर संकलन गरेका हुन् । यसपछि भोलि ललितपुरमा र कीर्तिपुरमासमेत हस्ताक्षर संकलन गरेर सम्बन्धित निकायमा बुझाउने अभियन्ताहरुले बताएका छन् ।
रुपा सुनारले योजनाबद्ध रुपमा प्रधानलाई फसाएको उनीहरुको तर्क छ । हस्ताक्षर संकलन सकिएपछि सुनारविरुद्ध जालसाजी र मानहानीको मुद्दा हाल्ने तयारी रहेको उनीहरुले बताएका छन् ।