Gold
Bangad salyan

प्रचण्डका लागि राजा ल्याउनु कुनै नौलो कुरा होईन छेपारोको रंग थाहा होला नि ? : ओली

असार १४ ,काठमान्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छेपारोले झैं रंग फेर्नु कुनै नौलो नभएको टिप्पणी गरेका छन् ।

मदन भण्डारीको ७०औं जन्मजयन्तीको अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा ओलीले यस्तो बताएका हुन्। ओलीले नेकपा एमालेका नेता माधव कुमार नेपाललाई प्रचण्डको पुच्छर भन्दै टिप्पणी गरेपछि प्रचण्डलाई यस्तो भनेका हुन्।

प्रचण्डले हालै राष्ट्रपतिभन्दा राजा नै राम्रो भनेको र मानिसहरु छक्क परेको भन्दै ओलीले भएन छेपारोले एकछिनमा रंग फेर्छ । अघि भने, ‘खैरोखैरो मुढामा गयो भने खैरो रंग बनाउने छ ।

हरियोमा गयो भने हरियो हरियो रंग बनाउँछ । अलि कालोकालो बोक्रो भएकामा पुग्यो भने कालोकालो बनाउँछ । छेपारोले रंग फेर्छ त । कहिले गणतन्त्र ल्याउने मै हुँ भन्छ,कहिले कम्फर्टेबल सरकार बनाइदिन्छु भन्छ।

कहिले कहिले राष्ट्रपतिभन्दा राजा नै ठीक भन्छ’ यो प्रचण्डको लागि कुनै नौलो कुरा होइन ओलीले भने। प्रचण्डले विदेशबाट हतियार ल्याएर नेपाली जनताको नरसंहार गरेको, जनताले दुःखले जम्मा गरेको पैसा बैंकबाट लुटेको, बाँदरमुढे घटना घटाएको मानिसहरुलाई महिनौसम्म नियन्त्रणमा लिएर अपराध गरेको समेत ओलीले बताए।