खतराको संकेत बज्यो ओलीको गालि गलौज नै ओरालो लागिसकेको बुझिन्छ : प्रचण्ड
काठमान्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्डले संसद पुनर्स्थापना हुन्छ र सरकार बनिहाल्छ भन्दैमा ढुक्क नबस्न बताएका छन्।
लोकतन्त्रको पक्षमा अदालतले संसद पुनर्स्थापना गर्छ र सरकार बन्छ तर ढुक्कले बस्ने अवस्था भने छैन उनले भने। विपक्षी गठबन्धनका शीर्ष नेताहरुले सोमबार नागरिक समाजका अगुवा र बुद्धिजिवीहरुसँग गरेको छलफलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अदालतलाई दबाव र प्रभावमा पार्न ठूलो चलखेल समेत भईरहेको बताए।
अहिले कोभिड १९ क कारण सडकमा आउने अवस्था छैन तर अन्यत्र संयन्त्रबाट असंवैधानिक कदमका विरुद्ध संघर्ष जारी राख्नुपर्ने बताए। यस्तै ओलीको गालि गलौजको अभिव्यक्ति ओरालो लाग्नु रहेको प्रचण्डले बताए। ओलीले अझै गोटी चाल्ने दाउमा रहेको कारण सबै चनाखो हुनुपर्ने उनले बताए।
खतराको संकेत त् बजिसक्यो तर ढुक्क भएर नबसौ तर संकेतहरु सकारात्मक छन् उनले भने। संसद पुनःस्थापना हुन्छ र शेरबहादुर देउवालाई नै प्रधानमन्त्री नियुक्त गर्न अदालतले परमादेश जारी गर्ने प्रचण्डको भनाई ।
केपी ओलीले आफ्नो स्वार्थका लागि जस्तोसुकै सहमति गर्ने तर पालना नगर्ने प्रवृत्तिका कारण एकता नटिकेको समेत दाहालले बताए । संविधान लोकतन्त्र र राष्ट्रिय स्वाधिनताका लागि धेरै छलफल बहस गरेर नै गठबन्धन बनको हुँदा यो परैसम्म जाने उनको भनाई छ ।

