Gold
Bangad salyan

प्रधानमन्त्री ओलीका भाषण रेकर्ड गरेर राख्न माधव नेपालको सुझाव

काठमान्डौ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले दिएका अभिव्यक्तिहरु महत्त्वपूर्ण रहेको भन्दै तिनलाई रेकर्ड गर्न व्यंग्यात्मक सुझाव दिएका छन् ।

सोमबार विपक्षी गठबन्धनले बुद्धिजिवीहरुसँगको अन्तर्क्रियामा बोल्दै नेता नेपालले यस्तो बताए। सधै संस्कार र मर्यादा खोज्नेले अरुको मर्यादा राख्न नसकेको भाड्ने उनले भनेका अभिव्यक्तिलाई रेकर्ड गरेर राख्न नेपालले सुझाव दिएका हुन्।

प्रधानमन्त्री ओलीले राष्ट्रपति र प्रधानमन्त्रीलाई नेताहरुले सम्मानपूर्ण बोल्न नसकेको बताउदै आएका थिए। ओलीले आईतबार वालुवाटारमा नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव गर्न बहुलाहा कुकुरले टोकेको छ र भन्दै कटाक्ष गरेका थिए ।

त्यति मात्र नभई नेपाललाई उनले प्रचण्डको पुच्छर समेत भनेका थिए। त्यस्तै ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई छेपारो भनेका थिए प्रचण्डले बेला बेलामा बोलि फेर्ने छेपारोको रंगको अभिन्यक्ति दिएका थिए।

ओलीले यो भन्दा अगाडी पनि नेता नेपाललाई प्रचण्डको सामान्य कार्यकर्ता बताउदै आएक थिए। सोही अभिव्यक्तिप्रति लक्षित गर्दै नेता नेपालले प्रधानमन्त्री ओलीका भाषण ध्यानदिन लायक रहेको भन्दै व्यंग्य गरेका हुन् । हामी आफै संस्कृति र संस्कारको कुरा गर्छौ ।

हामी आफ अरुको मान सम्मानको कुरा गर्छौ । तर हामी आफै त्यस्तो गर्छौं । यसमा नम्बर वान कोही छ भनेर खोज्दाखेरी आज हिजोको हाम्रा सम्माननीय प्रधानमन्त्रीज्यूको अभिव्यक्ति । उहाँको भाषण तपाईंहरु सबैले रेकर्ड गरेर राख्नुहोला । ध्यान दिन लायक छ नेता नेपालले भने।