Gold
Bangad salyan

महिलाले दुइ श्रीमान् राख्न पाउने गृह मन्त्रालयले तयार पार्यो यस्तो प्रस्ताव

असार १५ ,काठमान्डौ – महिलाहरुले पनि अब एक भन्दा बढी श्रीमान् राख्न पाउने प्रस्तावले दक्षिण अफ्रिकामा ठुलो हलचल फैलीएको छ।

संसारका धेरै मुलुकले बहुविवाहलाई गैरकानुनी मानेका छ तर दक्षिण अफ्रिकामा भने पुरुषले चाहेजति श्रीमती राख्न पाउने कानुनी छुट छ।पुरुषका लागि भएको त्यो व्यवस्था अब महिलाहरूका हकमा पनि लागू गर्ने प्रस्ताव गरिएपछि दक्षिण अफ्रिकामा हलचल पैदा भएको हो।

दक्षिण अफ्रिकाको गृह मन्त्रालयले तयार पारेको ग्रिन पेपरमा विवाह संस्थालाई बढी समावेशी बनाउन महिलाहरूलाई पनि एकभन्दा बढी श्रीमान् राख्न पाउने प्रस्ताव गरिएको सिएनएनले जनाएको छ। गृह मन्त्रालयको उक्त प्रस्तावमा दक्षिण अफ्रिकाका अनुदारवादीहरूले गम्भीर आपत्ति जनाएका छन्।

उक्त प्रस्तावको विरोध गर्नेमा एक जना चर्चित अनुहार रियालिटी टिभी सो स्टार मुसा एमसेलुकु हुन्। मुसाका अहिले चार जना श्रीमती छन्।महिलाले एकैपटक धेरै श्रीमान् राख्दा उनीहरूका बच्चालाई परिचयको समस्या हुने मुसाको तर्क छ।

ति बच्चा कुन परिवारका हुन् उनले भनेका छन्। यस्तै महिलालाई एक भन्दा बढी श्रीमान् राख्न पाउने अफ्रिकी संस्कृतिविरूद्ध हुने उनको भनाइ छ। अफ्रिकन क्रिश्चियन डेमोक्रेटिक पार्टीका नेता रेभेरेन्ड केनेथ मेसहोले पनि उक्त प्रस्तावको विरोध गरेका छन्।

पुरूषहरूले एकै पटक धेरै श्रीमती राख्न सक्ने भए पनि महिलाहरूका हकमा त्यो लागू नहुने उनको तर्क रहेको छ। पुरुषहरू इर्ष्यालु र स्वामित्व लिन खोज्ने खालका हुन्छन्। त्यसैले एक पटकमा एक महिलाले धेरै श्रीमान् राख्न सम्भव छैन,’ उनले भनेका छन्।गृह मन्त्रालयको प्रस्तावमा जुन ३० सम्म उक्त प्रस्तावबारे विभिन्न क्षेत्रबाट सुझाव संकलन गरिने जनाएको छ।एजेन्सी