Gold
Bangad salyan

एमाले नेताहरुले नै मागे मन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा

असार १६ ,काठमान्डौ- नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा माग गरिएको छ ।

जातीय विभेदलाई प्रश्रय दिने काम गरेको भन्दै केन्द्रीय सदस्य जगत विश्वकर्माले मन्त्री श्रेष्ठको राजीनामा माग गरेका हुन्। सञ्चारकर्मी रुपा सुनारलाई दलित भएका कारण काठमाडौं बबरमहलकी घरबेटी सरस्वती प्रधानले कोठाभाडा दिन स्वीकार गरेकी थिइन्।

रुपा सुनारको उजुरीपछि पक्राउ परेकी प्रधानलाई मन्त्री श्रेष्ठले शक्रि र पदको दुरपयोग गर्दै रिहा गरि आफ्नै गाडीमा हालेर लागेका थिए। उक्त कार्यको चौतर्फी विरोध भईरहेको छ।

मन्त्री श्रेष्ठले आज मावाधिकारको कार्यालयमा आफूबाट गल्ति भएको आईन्दा यस्तो नहुने बताएका थिए। तर माफी माग्दैमा नहुने राजीनामा नै दिनुपर्ने माग गर्दै फेरी विरोध भएको छ।