Gold
Bangad salyan

राष्ट्रियसभामा राष्ट्रपतिले सम्बोधन गर्ने

असार १७ काठमाण्डाै- राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा बैठकमा सम्बोधन गर्ने भएकी छन् । राष्ट्रपतिले सम्बोधन गर्ने मिति भने तय भएको छैन। नेकपा एमाले राष्ट्रियसभा प्रमुख सचेतक खिमलाल भट्टराईका अनुसार असारको २० वा २१ गते हुन सक्ने उनको भनाई छ।

बिहीबारको कार्यव्यवस्था परामर्श समितिको बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रपतिले सम्बोधन गर्ने भनी सरकारबाट जानकारी आएको बताएका थिए । राष्ट्रपतिले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन रहेको छ। तर प्रतिनिधिसभा विघटन भएकाले यो वर्ष उनले संसदमा सम्बोधन गरेकी भने छिनिन।