राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दहन आगो निभाउन प्रहरीलाई हम्मे हम्मे
असार १७ ,काठमान्डौ – विपक्षी गठबन्धनका विद्यार्थीहरुले राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दहन गरेका छन्। उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्दै काठमाडौंको प्रदर्शनीमार्गमा विरोध प्रदर्शन गरेका हुन्।
पुत्लामा लागेको आगो निभाउन प्रहरीलाई हम्मे हमेम भएको थियो भने केहि छिन झडप समेत भएको थियो। सरकारका पछिल्ला कदमविरुद्ध प्रदर्शन विपक्षी गठबन्धनले देशभरमा विरोध गर्दै आईरहेको छ ।