वालुवाटार केन्द्रीय कमिटी बैठकमा पुगे वामदेव गौतम
असार १८ काठमान्डौ – नेकपा एमाले नेता उपाध्यक्ष वामदेव गौतम पार्टीको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन बालुवाटार पुगेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजेबाट बैठक सुरु भएको छ। नेपाल खनाल पक्षले भने आजको बैठक -लाई अवैधानिक भन्दै नजाए बताउदै आइरहेको छ।
गत फागुन २३ गते सर्वोच्च अदालतले नाम विवादमा नेकपा खारेजी गरि एमाले र माओवादी केन्द्र ब्युँत्याइ दिएपछि दोस्रो पटक केन्द्रीय कमिटी बैठक बस्दै छ ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले १६ गते आयोजक कमिटी भंग गरी ०७५ जेठ ३ को केन्द्रीय कमिटीमाथि माओवादी केन्द्र परित्याग गरी आएका रामबहादुर थापा बादलसहित २० जनालाई केन्द्रीय सदस्य बनाइएको छ । जसको नेपाल पक्षले विरोध गर्दै आईरहेको छ।