प्रतितिधि सभा विघटनको मुद्दा: सभामुखको पक्षबाट ५ कानून व्यवसायीहरुले बहस गर्ने
असार १८ काठमान्डौ – प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सभामुख अग्निप्रसाद सापकोटाको पक्षबाट ५ कानून व्यवसायीहरुले बहस गर्ने भएका छन् ।
सर्वोच्चको संवैधानिक इजलासमा जारी बहसका क्रममा आजबाट सरकारी पक्षका वकिलहरुको बहस सकिँदैछ । उक्त मुद्दामा सभामुख सापकोटाको तर्फबाट वरिष्ठ अधिवक्ताहरु श्यामप्रसाद खरेल, लभकुमार मैनाली, उपेन्द्रकेशरी न्यौपाने र अधिवक्ताहरु मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीले बहस गर्दैछन् ।
हसका लागि सभामुख सापकोटा पक्षका कानून व्यवसायीहरुलाई १ घण्टाको समय छुट्टयाइएको छ ।प्रतितिधि सभा विघटनको मुद्दामा असार ९ गते बुधवारबाट निरन्तर बहस शुरु भएको छ ।