Gold
Bangad salyan

कसम खाएर भन्छु यस्तो गर्ने हो भने त् मेरो हजुरबाले पनि सक्दैनन् : ओली

असार १८ काठमान्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले माधव नेपाललाई फोन गर्दा पनि वास्ता नगरेको गुनासो गरे ।पार्टीको केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै ओलीले भने मैले हिजो माधव जीलाई फोन गरे।

कुरा गर्ने मान्नु भएन। उल्टै तपाईको फोन नउठाउ भनेको उठाइहाले भनेर जवाफ आयो। मैले बैठकमा आउनुस छलफल गरौ पार्टी एकता गरौ भने तर उँहाले मान्नु भएन।

कसम खाएर भन्छु यस्तो हो भने म त् के मेरो हजुरबाले पनि सक्दैन ओलीले भने। माधव नेपाल विपक्षि गठबन्धनलाई प्रधानमन्त्री बनाउने र आफ्नो पार्टी फटाउनेतिर लागेको ओलीले आरोप लगाए।

यस्तै पार्टी एकताको जिम्मा वामदेव गौतमले आफूलाई दिन ओलीलाई प्रस्ताव राखेका थिए। यसमा ओलीले जवाफ दिदै भने। तपाई पहिले देखि पार्टी एकता गर्छु भनेर लागेकै हो ,खै त टेरपुच्छर लगाएनन।

‘उनीहरू अझै सच्चिएका छैनन् ।तपाईलाई पूर्ण अधिकार छ कसरि लाग्नुहुन्छ लाग्नुहोस। तैपनि पार्टी एकताको लागि आवाहन जारि छ यस्तै हो भने मा सक्दिन मेरी हजुबाले पनि सक्दैनन।