Gold
Bangad salyan

छोरालाइ विदेशमा पठाएर राम्रो काम नपाएपछि बाबुले एजेन्टको ह,त्या गरे

असार १९ ,वुटवल – आफ्नो छोरालाइ विदेशमा पठाएर राम्रो काम नपाएपछि बाबुले एजेन्टको हत्या गरेको खुलेको छ। कपिलवस्तु कृष्णनगर नगरपालिका,१० का ५५ वर्षीय पारस पुरीलाई २०७५ साल चैत १७ गते राति गोलि हानि हत्या गरिएको थियो।

गोली हानी हत्या गरेको आरोपमा प्रहरीले हालमात्र विजयनगर गाउँपालिका-१ का ५० वर्षीय पशुपति कुर्मीलाई पक्राउ गरेको छ। पुरीले वैदेशिक रोजगारीमा कामदार पठाउने एजेन्टको काम गर्थे ।

गोलि हानि गत्या पछि फरार रहेका कुर्मीलिई भारत नेपाल सिमाबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए। पक्राउ पछि अनुसन्धान गर्दा उनले आफ्नो छोरालाई विदेश पठाएर राम्रो काम नपाएपछि गोलि हानेको स्वीकार गरेका छन्।

कुर्मीका छोरा दिनेशकुमार कुर्मीलाई विदेश रोजगार बहराईन पठाइदिने भनेर पुरीले १ लाख १५ हजार रूपैयाँ लिएका थिए।भने जस्तो काम नपाएपछि उनले पुरीलाई पैसा फिर्ता मागेका थिए।

दुवैबीच वादविवाद समेत चल्दै आईरहेको थियो। पैसा फिर्ता नगर्दा उनले गोलि हानेको प्रहरीसामु बताएका छन्। उनले गोलि हान्दा भारतीय तिन जना नागरिकलाई समेत प्रयोग गरेको पाईएको छ। घटनाको थप अनुसन्धान भईरहेको भण्डारीले बताए।