Gold
Bangad salyan

मृतक सुजिता भण्डारीको शव नजिक यस्ता दुई चिज फेला परे ,घटना गम्भीर

असार २१,काठमान्डौ – मृतक सुजिता भण्डारीको शव फेला परेको नजिकै बिषादीको डिब्बा र एक झोला फेला परेको छ। पूर्वी चितवनको राप्ती नगरपालिका नजिक ब्रम्हस्थानी सामुदायिक वनको जंगलमा च्याउ टिप्न गएक स्थानिले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

तत्काल जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी ओम अधिकारीको टिम घटनास्थलमा पुगेर शव पूर्ण रुपमा सडेको अवस्थामा फेला परेको थियो। पहिचान गद्रै जाँदा सुजिताको शव भएको खुलेको थियो।

आईतबार साँझा सुजिताको शवलाई प्रहरीले सुरक्षा दिएर राखेको थिय। त्यस्तै अहिले शव भरतपुर अस्पतालको शव गृहमा राखेर अनुसन्धान गर्ने वा थप जाँचका लागि काठमाडौं पठाउने भन्ने बारेमा निर्णय गर्न बाँकी रहेको एसपी अधिकारीले बताए ।

घटनास्थलमा बिषादीको डिब्बा र एक झोला फेला परेपछि घटनास्थल वरिपरि निगरानी बढाईएको छ। धानम अहालने विषादीको डिब्बा फेला पारेको चाह ,झोलापनि फेला पारेको छ ,झोला कसको भन्ने मृतक सुजिताकि दिदिले पहिचान गरिसकेकी हुँदा थप खुलाईएको छैन अधिकारिले भने।

असार ११ गते बिहान ६ बजे साथीको घर जान्छु भनेर निस्किएकी सुजिता आइतबार साँझ स्थानीय ब्रम्हस्थानी सामुदायिक वनमा मृत भेटिएकी थिइन् ।

उनले सोहि दिन आफ्ना परिवारलाइ अपहरणमा पारेको बताएको उनका सदस्यले प्रहरीलाई बताएका थिए।उनको शव वनको बीचमा एउटा झाङमा अड्किएको अवस्थामा फेला पारेको प्रहरीश्रोत बताउछ। घटनाको गम्भीर र सुक्ष्म अनुसन्धान भईरहेको एसपी अधिकारीले बताए।