एमाले नेता प्रभु शाह महिला विदेश पठाउने एजेन्ड २० लाख नतिरेपछि महिलाले उजुर गरिन
असार २१ काठमाडौं- एमाले नेता प्रभु शाह मानिसलाई विदेश पठाउने दलाल लार्हेको खुलेको छ। पूर्वमाओवादी नेता रहेका शाह केहि महिना अगाडी एमालेमा परवेश गरेका थिए।उनले विदेश पठाइदिने भन्दै लिएको पैसा नतिरेपछि उनिविरुद्द २० लाखको मुद्दा दायर भएको छ।
काठमाडौं बाँसबारीकी दीपा कुँवरलाई प्रभु शाहले क्यानडा पठाउने भाड्ने २० लाख लगेको र अहिले सम्म नदिएपछि दीपा आज केहि महिलाधिकारकर्मी सहित साहको बानेश्वरस्थित घर
घेर्न पुगेकी थिइन्।
घर घेरा हालेको जानकारी पछि प्रहरीले घटनाको विषयमा अनुसन्धान गर्दा विदेश पठाउने भन्दै दिपाबाट २० लागेको खुल्न आयो महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले भने।
दिपाले अहिले ठाडो उजुरी दिएकि छिन। ,निवेदन अनुसन्धानकै क्रममा रहेकाले यसलाई दर्ता भने प्रहरीले गरिनसकेको वृत्त स्रोतले बतायो। चेक बाउन्सबाहेक लेनदेन मुद्दा प्रहरीले नहेर्ने र ठगी आकर्षित हुने परिस्थितिमा भने प्रहरीले उजुरी अनुसन्धान गर्ने पालको भनाई छ। हामि घटनाको अनुसन्धान गर्दै छौ।
शाहले भने ति महिला नचिन्ने बताए । आफूलाई फसाउन यो षड्यन्त्र गरिएको उनको तर्क । आफूलाई फसाउन योजनावद्ध ढंगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यो योजना बनाएको साहले दाबी गरे।माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका शाहलाई केहि अगाडिमात्र आफ्नै गृहजिल्लामा स्थानिले ढुंगा मुधा गर्दै लखेटेका थिए।

