Gold
Bangad salyan

पूर्वप्रधानमन्त्री झलनाथ खनालले शिलान्यास गरेको माथिल्लो तामाकोशीको केपी ओलीले गरे उद्घाटन

काठमाडौं- तत्कालिन प्रधानमन्त्री झलनाथ खनालले शिलान्यास गरेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनालाइ आज प्रधानमन्त्री केपी शर्मा ओलीले वालुवाटारबाट उद्घाटन गरेका छन्।

२०६८ साल जेठ ४ गते तत्कालिन प्रधानमन्त्री झलनाथ खनालले उक्त आयोजनाको शिलान्या गर्दा एमाले नेता गोकर्ण बिष्ट उर्जा मन्त्री थिए। उक्त बेलानै विभिन्न अनेकन समस्याहरूलाई पार गर्दै माथिल्लो तामाकोशी आयोजनाको शिलान्यास गरिएको थियो ।

शिलान्यासका लागि राजनैतिक वातावरण अनुकूल बनाउन महत्त्वपूर्ण योगदान गर्न नेपाली काङ्ग्रेसका नेता दिवङ्गत भीम बहादुर तामाङ थिए। शिलान्यास गरिएको उक्त आयोजना ४५६ मेगावाटले आजबाट उत्पादन शुरु गरेकोमा पूर्वमन्त्री गोकर्ण बिष्टले खुसि ब्यक्त गरेका छन्।पूर्वप्रधानमन्त्री झलनाथ खनाल भने स्वास्थ्य उपचारको लागि अहिले भारतम छन्।