थप २९७९ जनामा कोरोना संक्रमण फेला २८ जनाको दु:खद निधन

असार २३ ,काठमान्डौ – गत २४ घन्टामा थप नयाँ २९७९ जनामा कोरोना संक्रमण फेला परेको छ। स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार ७८३५ ,आर्टिसिटि पीसीआरमा २०७७ र जना र ४०६३ एण्टिजेन परिक्षणमा ९०२ गरि जम्मा २९७९ कोरोना संक्रमित फेला परेका हुन्।

यस्तै गत पछिल्लो २४ घन्टामा १३३३ जनाले कोरोन जितेका छन् भने ,२८ जनाको निधन भएको छ। देशभर पीसीआर विधिबाट कोरोना बढ्नेको संख्या २६.५ प्रतिशत पुगेको छ।

हाल देशमा सक्रिय कोरोना संक्रमितको संख्या २३७५६ रहेको छ ,जसमा २७८८ संस्थागत आईसोलेसनमा रहेका छन् जसमा ५९९ जना आईसीयुमा १६१ जना भेन्टिलेटरमा उपचार्थ गरि २६५४४ जना सक्रिय संक्रमित छन्। ३२३ जना हाल कवरिण्टिन रहेका छन्।

नेपालमा हाल सम्म कूल कोरोना संख्या आर्टि पीसीआरबाट ६५०१६२ जना एण्टिजेन विधिबाट ४०८१२ जना गरि कूल ६९०९७४ कोरोन संक्रमित फेला परेका छन्। जसमा हाल सम्म ६१४३२७ जना डिस्चार्ज भईसकेका छन्।

आजको मिति सम्म कोरोनाबाट ९२९१ जनाको मृ,त्यु भईसकेको मन्त्रालयले जनाएको छ। ९ जिलामा हाल सम्म ५ सय भन्दा माथि सक्रिय संक्रमित छन्। मन्त्रालयका अनुसार १ देखि ९९ सम्म सबै जिलामा कोरोनाका सक्रिय संक्रमित छन्।