एमाले विवाद केपी ओली र नेपालबीच भेटवार्ता सुरु
असार २३ ,काठमान्डौ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ । पार्टी विवाद समाधानका लागि गठित कार्यदल सहमति नजिक पुगेपछि ओली र नेपालबीच बुधबार साँझ वार्ता सुरु भएको हो। दुई नेताबीच नक्सालस्थित होटल मेरियटमा छलफल सुरु भएको छ ।
पछिल्लो समय एमालेमा विवाद चर्कीएपछि विभाजनतिर लागेको एमालेमा कार्यदल गठन गरिएको थियो। मोटामोटी रुपमा कार्यदलले छलफल गरेर ओली नेपाललाई भेटवार्ता गर्ने सहमति बनाएसंगै दुई नेताको भेट भएको हो। गत शनिबार दुई नेताबीच टेलिफोन वार्ता भएपनि सकारात्मक हुन सकेको थिएन ।
त्यसपछि ओलीले विष्णु पौडेल सहितका नेतालाई नेपाल निवास कोटेश्वरमा भेटन बोलाएका थिए। उनीहरुले ओलीसंग भेट्न आग्रह गरेपनि नेपालले अस्विकार गरेका थिए। विपक्षि दललाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्तालिन ओलीले शोबार सम्म आग्रह गरेपनि नेपाल पक्षले हस्ताक्षर फिर्ता नहुने बताएको छ।
नेपालि कांग्रेसक सभापति शेरबहादुर देउवालाई विपक्षि गठबन्धनका १४६ जना सांसदले सर्वोच्च अद्लातमा अपुगेरा हस्ताक्षर गरेका छन् जसमा नेपाल समूहबाट २३ सांसद छन्।एमालेले पार्टी विवाद समाधानका लागि जेठ २ मा १० सदस्यीय कार्यदल भएको थियो ।
कार्यदलमा संस्थापन पक्षबाट विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, ज्ञवाली र विष्णु रिमाल छन् भने नेपाल पक्षबाट भीम रावलसहित सुरेन्द्र पाण्डे, विष्ट, घनश्याम भुसाल र रघुजी पन्त रहेकाछन् ।

