सिंहदरबार अगाडिबाट १५ भन्दा बढी नागरिक अभियन्ता पक्राउ
असार २७ ,काठमान्डौ – स्वास्थ्य शिक्षामा भइरहेको चरम बेथितिविरुद्ध सिंहदरबार घेर्न गएका नागरिक समाजका अगुवाहरु पक्राउ परेका छन्।
आइतबार बिहान सिंहदरबार गेट अगाडिबाट प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रदर्शनका क्रममा प्रहरीले १५ जना भन्दा बढी नागरिक अभियन्ताहरुलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा नागरिक अभियन्ताहरु खगेन्द्र संग्रौला, नारायण वाग्ले, श्रवण मुकारुङ, नारायण ढकाल, अर्चना थापा, प्रणेता लगायत छन् । प्रदर्शनका क्रममा उनीहरूहरूले निषेधित क्षेत्र तोडेपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उनीहरुलाई महेन्द्र पुलिस क्लबमा राखेको प्रहरीले जनाएको छ ।

