Gold
Bangad salyan

एक महिना अघि हराईरहेकी सुजिताको शव सेप्टिक ट्याङ्की भित्र फेला पर्यो

असार २७ ,काठमान्डौ – गत जेठ २० गतेबाट हराईरहेको महोत्तरीकी एक महिलाको शव फेला परेको छ। हराईरहेकि लोहरपट्टी नगरपालिका,७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको शव सेप्टिक ट्याङ्कीमा गाडेको अवस्थामा फेला पारेको हो।

विशेष सूचनाको आधारमा प्रहरीले अनुसन्धान गरिरहेको थियो। सुजिता बस्ने घरबाट करिब आधा किलोमिटरमा पर्ने सुजिताका ससुराको जग्गामा सहवा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए।

सुजिता हराएको दिनमानै उनका आमा बाबुले प्रहरीलाई जानकारी अग्रेका थिए। त्यसपछि प्रहरीले दिन रात खोजिकार्य तिब्र पारेको थियो। शव फेला परेको स्थानमा करिब नौ फिट गहिरो सेप्टिक ट्याङ्की छ।

ट्याङ्की भित्रपनि थप चार फिट खाल्डो खनेर बोरामा सुजिताको शव हालेर गाडीएको अवस्थामा फेला परेको आचार्यले जनाकारी दिए। शवको माथि समेत ढलान गरिएको छ उनले भने। प्रहरीले हत्या आरोपमा उनका श्रीमान, देवरसहित पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जनाकारी दिए।