केपी ओलीलाई विद्यार्थी संगठनले फुके एक होरो शंख

असार २७ काठमान्डौ – प्रधानमन्त्री ओली केपी शर्मा ओली नेतृत्वको सरकारले पटक – पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेपछि पाँच दलीय गठबन्धन निकट विद्यार्थी संगठनहरुले एक होरो शंख फुकेर विरोध गरेका छन्।

संगठनले प्रतिनिधिसभा विघटन, पेट्रोलियम पदार्थको मूल्यवृद्धि र भ्रष्टाचारविरुद्ध माइतीघर मण्डलामा क्षेत्रमा शंख फुकेर विरोध जुलुस निकालेका हुन् ।

त्यस्तै विद्यार्थी संगठनहरुले मूल्यवृद्धिविरुद्ध चरणवद्ध आन्दोलन घोषणा गरेकाा छन् । असार २८ गते नेपाल आयल निगमका गाडीहरु चल्‍न नदिने, असार २९ गते पेट्रोलियम ढुवानी र बिक्री गर्ने संगठनहरुलाई पेट्रोलपम्प र ट्‍यांकर सञ्‍चालन गर्न नदिने तथा असार ३० गते देशभरका सम्पूर्ण पेट्रोल पम्प र ट्‍यांकर बन्‍द गर्ने उनीहरुको कार्यक्रम रहेको छ।

असंवैधानिक रुपमा प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको भन्दै विद्यार्थीहरुले पछिल्लो समय सरकारविरुद्ध चरणबद्ध आन्दोलन गरिरहेका छन् । केहि दिन अगाडी संयुक्त विद्यार्थी संगठनले सरकारविरुद्द सिठ्ठी जुलुस निकालेको थियो।