Gold
Bangad salyan

प्रधानमन्त्री ओलीलाई असुभ समचार निधारमा तस्विर टाँसेर युवा संघको प्रदर्शन

असार २७ ,काठमान्डौ – केपी ओली निकट युवा संघका नेता कार्यकर्ताले सडकमा उत्रीएका छन्। प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि सर्वोच्च अदालतले भोलि फैसला सुनाउने निर्णय गरेको छ।

यसको पूर्वासन्ध्यामा युवासंघले केपी ओलीको तस्विर निधारमा टाँसेर प्रदर्शन गरेको हो। गत वर्षको पुष ५ गते केपी ओलीले संसद विघटन गरेको बेला यो समूहले आइ लभ यु केपी बा भन्दै आन्दोलन गरेको थियो।

सर्वोच्चले फागुन ११ गते संसद विघटनलाई असंवैधानिक भन्दै पुनस्थापना गरेको थियो। यसपटक ओलीले गरेको सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई भोलि हुँदै छ। यसपटक उनीहरुले आई एम विथ केपी’ ओली भन्दै नाराबाजी गरेका छन्।

त्यस्तै उनीहरुले ओलीको तस्वीर अंकित पोस्टकार्ड बोकेका थिए, जसमा ‘खेलाडीहरु जाग्दैछन्, राष्ट्रघातीहरु भाग्दैछन्’, ‘खेलाडीहरुको आह्वान, तोकिएको मितिमा निर्वाचन’ जस्ता नारा लेखिएका थिए ।