Gold
Bangad salyan

जनता समाजवादी पार्टी खारेजीको माग गर्दै सर्वोच्चमा रिट

काठमान्डौ – जनता समाजवादी पार्टी खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवदेन दायर गरिएको छ । राष्ट्रिय जनता पार्टीका तत्कालिन उपाध्यक्ष राजकुमार थापाले राष्ट्रिय जनता पार्टीका तत्कालिन उपाध्यक्ष राजकुमार थापाले वारेसमार्फत सर्वोच्च अदालत रिट दायर गरेका हुन् ।

पार्टी एकता प्रारम्भदेखि नै त्रुटिपूर्ण, कपटपूर्ण र मौजुदा संविधान ऐन कानुन विपरीत भएकोले जनता समाजवादी पार्टीको एकिकरण खारेज गर्न माग गरिएको छ । संविधान विपरित गरिएको दल एकिकरण गर्ने निर्णय खारेज गरी नियम ४९ अन्तर्गत अन्तरिम आदेश समेत पाउन निवेदन गर्दछौं ।

यस्तै नेपालको संविधानको धारा २६९ बमोजिम सर्तहरु पुरा नभएको केन्द्रिय कार्य समितिमा एक तिहाई महिला समावेश नगराईएको शहिद परिवार र जनजाती तथा दलितको प्रतिनिधित्व नहुन सकेको पनि निवेदनमा उल्लेख छ।