Gold
Bangad salyan

जसपाबाट को को बन्दैछन मन्त्री

असार २९ ,काठमान्डौ – जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र-बाबुराम पक्षको बैठक बस्ने तयारि भईरहेको छ। कांग्रेस सभापति शेरबहादुर नेतृत्वको सरकारमा जाने र मन्त्री छलफलको लागि केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुको बैठक दिउँसो एक बजे बोलाईएको श्रोतले जनाएको छ।

सरकारमा सहभागीताबारे निर्णय गर्न बिहानैदेखि कांग्रेस, माओवादी केन्द्र र जसपाका नेताहरु दौड धुप गरिरहेका छन् । देउवाले माओवादी जसपालाई समेटेर आज सानो आकारको मन्त्रीमण्डल गराउने तयारी गरिरहेका छन्।

जसपा अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्री बन्ने चर्चा छ तर अन्तम टुंगो भने लागेको छैन। देउवाले आज अपराह्न प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दैछन् । सर्वोच्च अदालतले सोमबार साँझ ५ बजेभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।