केपी ओलीको बहिर्गमनपछि नेपाली जनता र राजनीतिक पार्टी खुसि
असर २९ ,काठमान्डौ – निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको आज बहिर्गमन भएको छ। ओलीको बहिर्गमनपछि नेपाली जनतासंगै सम्पूर्ण राजनीतिक पार्टी कार्यकर्ताहरु खुसि देखिएका छन्।
केपी ओलीले गरेको मपाई र अहंकारको दम्भले दुई तिहाईका प्रधानमन्त्री आज सडकमा पुगेका हुन्।माओवादीको ढाडमा टेकेर प्रधानमन्त्री बनेका केपी ओलीले ईतिहासमा नबिर्सने गरि कालो टिका लगाएका छन्।
माओवादीसंग बाम गठबन्धन गरेर २०७४ फागुन ३ मा सत्ताको नेतृत्व सम्हालेका ओली आफ्नै दम्भ र स्वेच्छाचारिताको परिणामस्वरूप सोमबारबाट सडकमा आइपुगेका हुन् ।
ओली सरकारमा रहेको केहि महिनाबाटनै एमाले पार्टीमा विवाद देखिन थालेको थियो। ओलीको ७ प्रदेशमा ४ वटा प्रदेशमा आफ्नै मुख्यमन्त्री थिए ,त्यस्तै स्थानीय सरकार सम्मपनि ओलीको राम्रो राजनीतिक लहर नभएको पनि हैन।
तर केपी ओलीले आफू प्रधानमन्त्री भएसबै पुग्छ भन्दै स्थिरताको नारा लगाएर जनमत बटुल्दै सत्ताको भर्याङ चढे। गठबन्धन गर्दा ढाई -ढाई बर्षमा प्रचण्डसंग आलोपालो प्रधानमन्त्री सहमति गरेका थिए ,।तर सहमतिको आधारमा प्रचण्डले ओलीलाईनै पाँच वर्षसम्म प्रधानमन्त्री बन्न सहमति गरेको केहि दिनमानै ओलीको नौटकी सुरु भयो।
त्यसपछि उनले पार्टीको बैठकमा छलफल त् के सिंहदरबार जान समेत छोडे र वालुवाटारलाई अड्डा अद्लात गराए। जति सकिन्छ आफ्ना नेता कार्यकर्तालाई पालन पोषण गर्ने र जनताको निम्ति कुनै काम कारबाहीमा ध्यान दिएनन।
आफ्नै पार्टीका बरिस्ठ नेता माधव कुमार नेपाल झलनाथ खनालसंग अनौठो व्यवहार देखाउन थाले। उनको सरकारको पालामा हजारौ हत्या ,हिंसा ,बलात्कार ठगि ,भर्स्टाचारका घटना घटे तर एक पटक बोलेनन् र निर्देशन समेत गरेनन।
बल्कि उनीहरुलाई संरक्षनगर्ने आफू स्वयम् सांसद अपहरण काण्डमा परे। स्वस्थ्य सामग्री खरिदमा भ्रस्टचार ,प्रिण्टिङ्ग मेशिन खरिदमा भ्रस्टाचार, वालुवाटार ललितानिवास जग्गा प्रकरण ,अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसी संसद्बाट पास गराउन अनेकौ छल चल्ने सभामुख कृष्णबहादुर महरामाथि जालसाझी नियम विपरित राजदुत नियुक्त ,पार्टी फुटाउने दुइ दुइ पटक अध्यादेश जारी, राष्ट्रघाती नागरिकता अध्यादेश लगायत अनगिन्ति उनका चर्चित काण्ड छन्। यी नेपाली जनता र पार्टीले कहिलेपनि नभुल्ने ईतिहास छ।
गत वर्षको पुष ५ गते अवैधानिक ढंगले एकलौटी राष्ट्रपति विद्यादेवी भण्डारीसंग मिलेर संसद् विघटन गरेपछि ओलीलाई उनकै नेताहरुले छोडेर एमाले पार्टी विघटन तिर लाग्यो।
अद्लातमा संसद् पुन्स्थापानको माग गर्दै परेका निवेदनले फागुनमा सर्वोच्चले संसद् पुनस्थापना गर्यो। तर ओलीले पटक पटक अदालतलाई धम्क्याउने ,निर्वाचन आयोगलाई थर्काउने ,आफ्नै नेता नेपाललाई प्रचण्डको कार्यकर्ता भनें देखि हजारौ गल्ति गर्दै गरे।
उनलाई पार्टीको निर्देशन र विधिको शासनमा हिड्न आग्रह गरेपनि उनले कसैको कुरा सुनेन। संसदमा ओलीले विश्वको मत मागे अल्पमतमा परेपछि मध्यरातमा पुन गत जेठ ७ गते संसद् विघटन गरे।
जसलाई हिजोनै सर्वोच्चले संसद् सुचारु गर्दै नेपाली कांग्रेसक सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तको परमादेश जारी गर्यो। परिमाणस्वरुप ओली आज झोला बोकेर आफ्नै निवास बालकोट प्रवेश गरेका चाहन भने वालुवाटारमा देउवाले ईनट्री गरेका छन्।