Gold
Bangad salyan

केपी ओलीले वालुवाटार छोडे आई लभ यु का नारा कायमै

असार ३० काठमान्डौ – नेकपा एमाले अध्यक्ष निवर्तमा प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार छाडेका छन् । ओलीले वालुवाटार छोड्दा ओली समूहले शक्ति प्रदर्शन गरेको छ ।

युथफोर्सले गाडी र बाईकको स्कर्टिङ्ग गर्दै केपी ओलीलाई बालकोट पुर्याएको छ। वालुवाटारबाट ओली बाहिरिदा केपी ओली जिन्दावाद ,केपी ओली आई लाभ यु का नारा लगाईएका थिए।यस्तै ओली बालकोटमा पुगे पछी उनका समर्थकले माकुनेलाई फासी दे ,प्रचण्डलाई फासी दे जस्ता नारा लगाएका थिए।

ठुलो मात्रमा बाईक र्याली निकाल्न भक्तपुरका सांसद महेश बस्नेतले युवाहरुलाई निर्देशन दिएका थिए। तर ओली वालुवाटारबाट निस्कने बितिकै पानि परेपछि स्वागत र्‍याली बिथोलिएको थियो।