Gold
Bangad salyan

माधव नेपाललाई एमालेमा ठाँउ छैन :ओली

असार ३० काठमान्डौ – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई माफ गर्ने ठाँउ नभएको बताएका छन्। बालुवाटारबाट बुधबार बालकोट पुगेका ओलीले कार्यकर्ताहरुलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।

नेपालका पछि लागेकाहरु कमीकमजोरी स्वीकारेर आए ठाँउ दिनसकिने तर नेपालले जति आत्मोलाचाना गरेपनि स्थान नहुने ओलीको प्रतिक्रिया छ। नेता नेपालले नै आफ्नो सरकार ढाल्न अगुवाइ गरेको भन्दै गद्दारको संज्ञा दिए।

हिजो पनि प्रधानमन्त्री शेरबहादुर देउवा शपथका लागि नपुग्दै नेता नेपाल शीतलनिवास पुगेको देखियो । आफ्नै विकासप्रमि सरकार ढाल्न अगाडी बढ्नेलाई पार्टीमा स्थान छैन उनले भने।

आफ्नो घरको बार्दलीबाट सम्बोधन गरेका केपी ओली आफूले जति राम्रो काम गर्दापनि अदालतले परमादेशबाट हटाएको दाबि गरे। उनले यो भनाई हिजो राष्ट्रको नाममा सम्बोधन गर्दापनि भनेका थिए।

मलाई जनताले हैन अदालतले हटायो। ईतिहासमा पहिलोपटक अद्लातले प्रधानमन्त्री तोक्ने काम भयो मलाई हटाउने काम भयो उनले भनेका थिए। सरकारमा रहँदा पार्टीको विधि विधानविपरित चलेपछि ओलीलाई आफ्नै पार्टी एमालेले नकाउट गरेको छ।