दैनिक कोरोनाको संख्या उकालो आज थप २,६७६ फेला ३३ को मृ,त्यु
सार ३१ ,काठमान्डौ – गत २४ घन्टामा थप २,६७६ जनामा कोरोना संक्रमण फेला परेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८२५६ पीसीआर परीक्षणमा १७८२ र ४५१२ एन्टिजेन परीक्षणमा ८९४ जना गरी माथिको संक्रमण पुष्टि भएको हो ।
हाल देशभरमा कूल ६ लाख ६२ हजार ५७० जना कोरोना संक्रमण पुगिसकेका छन् भने निको हुनेको संख्या ६ लाख २६ हजार ४६८ पुगेको चाह।
यस्तै गत २४ घन्टामा थप १,७५७ जना निको भएका छन् भने ३३ जनाको दुखद निधन भएको छ। यो पछि हाल सम्म कोरोनाबाट निधन हुनेको कूल संख्या ९,४६३ पुगेको छ भने देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ६३९ रेहको छ।

