Gold
Bangad salyan

महान्यायाधिवक्तामा खम्म बहादुर खाती नियुक्त

काठमान्डौ – सरकारले महान्यायाधिवक्तामा खम्म बहादुर खातीलाई नियुक्त गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खातीलाई महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले खातीलाई नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालय शीतल निवासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

खाती नेपाल बार एशोसियसनका पूर्व महासचिव समेत हुन् ।