Gold
Bangad salyan

फेरी बढ्यो कोरोना १८७५ कोरोना संक्रमित थपिए २१ जनाको दुखद निधन

काठमाडौं -गत पछिल्लो २४ घन्टामा नेपालमा १८७५ कोरोना संक्रमित फेला परेका छन्।

स्वाथ्य तथा जनसंख्या मन्त्रालयले ६,८५८ जनामा गरिएको पीसीआर परीक्षणमा १३१० र ३,२०८ जनामा गरिएको एन्टिेन परीक्षणमा ५६५ जना गरी १८७५ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सागै नेपालमा कोरोना संक्रमण फेला पर्नेको संख्या ६ लाख ६५ हजार ८८६ पुगेको छ। यस्तै पछिल्लो २४ घन्टामा २१ सय ६४ जनाले कोरोनालाई जितेर निको भएका छन्।

हाल सम्म कोरोनालाई जित्नेको संख्या ६ लाख ३० हजार ४०७ पुगेको छ। गत २४ घन्टामा कोरोनाबाट २१ जनाको दुखद निधन भएको छ। हाल सम्म ९ हजार ५२७ कोरोना संक्रमितको ज्यान गईसकेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ९५२ रहेको छ । जसमध्ये २३ हजार ४७७ जना होम आइसोलेसनमा र २ हजार ४७५ जना अस्पतालमा उपचाररत रहेको मन्त्रालयले जनाएको हो।