Gold
Bangad salyan

काग्रेस क्रियाशील सदस्यता छानबिन समितिमाथि कांग्रेसले नै गर्यो आक्रमण

काठमाडौं – नेपाली कांग्रेसले क्रियाशील सदस्यता छानबिन समितिका सदस्य श्याम घिमिरेमाथि आक्रमण गर्नेहरुलाई कारबाही गर्ने भएको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले घिमिरेमाथि भएको कुटपिटबारे छानविन गर्न निर्देशन दिए हो ।

घिमिरेमाथि आक्रमण गर्ने सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सभापति बालकृष्ण बस्नेत सहित संलग्नहरुलाई २४ घण्टा भित्र स्पष्टीकरण लिई पार्टी विधान बमोजिम कारबाहीको टुंगो लगाउन बैठकले अनुशासन समितिलाई निर्देशन दिएको छ।

छानविन समितिका सदस्य घिमिरेमाथि उनीहरुले शुक्रबार समितिको कार्यालयमै पुगेर हातपात गरेका थिए । यत्सै बैठकले क्रियाशील सदस्यता छानबिन समितिलाई सहयोग गर्न पनि पार्टीको सिंगो पंक्तिलाई आह्वान गरेको हो ।