Gold
Bangad salyan

हामीलाई तालिम आवस्यक छैन, तालिमप्राप्तलाई फेरी तालिम गरिरहन पर्दैन : दीपशिखा

साउन ३ ,काठमाडौं – नेकपा माओवादी केन्द्रको भातृ संगठन वाईसिएलका अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले आफूहरुले तालिम पहिलेनै गरिसकेको बताएका छन्।

नेकपा एमाले केपी ओली निकटको युवा संघ युथ फोर्सले हिजो भक्तपुरको सूर्यविनायकस्थित प्रस्तावित राष्ट्रिय प्राणी उद्यान केन्द्रमा तालिम गरेको तस्विर सार्वजानिक गरेको थियो।

यस्तै बेला वाईसिएलका अध्यक्ष दीपशिखाले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्। फोर्स गठनको उदेश्य के हो थाहा भएन । धेरैले युथ फोर्सले तालिम गरिरहेको छ ।

वाईसिएलले के गरेको छ ?भनेर सोध्नु भएको छ। जसलाई म माईनर उत्तर दिन सक्छु अरुले जे जे गरे हामि त्यो पक्षमा छैनौ। तालिमको कुरा हो भने हामि तालिम प्राप्त हौ ,तालिमप्राप्तलाई फेरी तालिम गरिरहन पर्दैन दीपशिखाले भने ।

एमाले केन्द्रीय सदस्य भक्तपुरका सांसद महेश बस्नेतले युथफोर्सका सदस्यहरुलाई तालिम गराएका तस्विर सार्वजानिक गरेपछि दीपशिखाले यस्तो जवाफ दिएका हुन्।

केपी ओलीले देश र जनताको विपक्षमा गरेको दुई पटक संसद विघटनलाई असार २८ गते सर्वोच्च अदालतले बदर गरेर शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो। सोहि बमोजिम देउवा प्रधानमन्त्री बनेका छन् भने ओली बालकोट पुगेका छन्। ओली समूहले अहिले पनि विभिन्न अराजक गतिविधि गरिरहेको देखिन्छ।