प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनु हाम्रो कर्तव्य हो : रामकुमारी झाँक्री

साउन ३ ,काठमाडौं – नेकपा एमालेकि नेत्री राम कुमारी झाँक्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वको मत दिनुपर्ने आफूहरुको कर्तव्य रहेको बताएकि छिन। सर्वोच्च अदालतको परमादेशपछि आजदेखि प्रतिनिधिसभा सुचारु भएको चाह भने देउवाले आजै विश्वासको मत लिने तयारि गरेका छन्।

झाक्रीले भनेकी छिन हामीले ७६(५) को प्रमको लागि संघिय संसदका माननीय सदस्य शेरबहादुर देउवालाई समर्थन गरेका थियौँ। १४९ जनाको समर्थन हुँदा पनि राष्ट्रपतिबाट नियुक्ति नभएपछि १४६ जना सदस्यहरू सर्वोच्च अदालतको ढोका ढकढकाउन पुगेका हौँ।

अदालतले परमादेशको आदेश जारी गरेपछि बनेको सरकार र प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हाम्रो कर्तव्य हो। सकिन्छ नेकपा एमालेले संस्थागत निर्णय गरी फ्लोरमा बसेर विश्वासको मतको पक्षमा भोट हालौँ।

त्यसो गर्न सकिदैन भने सांसदहरूलाई संसदको पुरा कार्यकाल संचालन गर्न हामी सबैले विवेक प्रयोग गरी पक्षमा भोट हालौं। यदि त्यो पनि भएन भने हामी २३ जना निवेदककर्ताले भोट हाल्नु त हाम्रो कर्तव्य नै हो। हामीले विश्वासको मतको पक्षमा भोट हाल्नेछौं झाँक्रीले भनेकी छिन।