झलनाथ खनालको दिल्ली अस्पतालबाट अपिल : शेरबहादुर देउवालाई विश्वासको मत दिऔं
साउन ३ ,काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले शेरबहादुर देउवालाई विश्वासको मत दिन सांसदहरूलाई आग्रह गरेका छन्।
भारतको नयाँदिल्लीमा उपचार गराइरहेका खनालले आइतबार विज्ञप्ति जारी गर्दै पार्टीका सांसदहरूलाई अलमलमा नपरी देउवालाई विश्वको मत दिन आग्रह गरेका हुन् ।
खनालले सर्वोच्चको फैसला ऐतिहासिक रहेको भन्दै विश्वासको मत दिन र अलमलमा नपर्न सांसदहरुलाई अपिल गरेका हुन्। यो फैसलाले नेपालको संवैधानिक राजनीतिक विकासक्रमलाई दूरगामी प्रभाव पार्नेछ।
त्यसतै तिन करोड नेपालीले यो फैसला स्वीकार गर्नुको कुनै विकल्प नरहेको पनि खनालले बताए। देउवाले विश्वासको मत प्राप्न नगरे मुलुक फेरि संकटग्रस्त हुने उनको टिप्पणी छ ।