Gold
Bangad salyan

केपि ओलीका चार सांसदले देउवालाई विश्वासको मत दिए (नामावली सहित)

काठमान्डौ – प्रधानमन्त्री शेरबहादुर देउवालाई एमाल केपि ओली समूहका सांसदहरूले पनि विश्वासको मत दिएका छन।

केपि ओली पक्षमा सांसदहरु प्रेम आले, कृष्णकुमार श्रेष्ठ ‘किसान’, गोपाल बम र धनबहादुर बुढाले देउवालाई विश्वासको मत दिएका हुन् ।

एमाले कार्यालय सचिवसमेत रहेका सांसद शेरबहादुर तामाङले चार सांसदले देउवालाई मत दिएको पुष्टि गरेका छन्।
यस्तै देउवालाई मत दिनेमा नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान, गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जन रहेका छन।

मतदानमा भाग नलिने एमालेका सांसदहरु गोकर्ण बिष्ट सोमनाथ पाण्डे, भीम रावल(राजीनामा), घनश्याम भुसाल योगेश भट्टराई, सुरेन्द्र पाण्डे र झपट रावल रहेका छन ।