एमालेका वडा अध्यक्ष र सदस्य ब्राउन सुगर ओसार पसारमा संलग्न प्रहरीले गर्यो पक्राउ

साउन ४ ,वीरगन्ज – पर्साको काहामैनपुर गाउँपालिका १ का वडाअध्यक्ष अमेमरीका सहनी लागुऔषध खैरो हेरोइन ब्राउन सुगर सहित पक्राउ परेका छन्।

प्रहरीले उनीसहित सोहि वडाका वडा सदस्य ४० वर्षीय बलिष्टर सहनी र वडा ५२ वर्षीय रामआदेश सहनीलाई पक्राउ गरेको हो। रामआदेश सहनीपनि वडा अध्यक्ष अमेमरीका नजिकका ब्याक्ति भएको खुलेको छ।

ईलाका प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक दिपक थापाका अनुसार तिनै जनालाई ७९ ग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको हो। वडा अध्यक्ष अमेरीका र वडा सदस्य बलिष्टर दुवैजना नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

पक्राउ परेका वडा अध्यक्ष अमेरीका १२/१३ वर्ष पहिले पनि लागुऔषध गाँजा ओसारपसारमा संलग्न भई कैद भुक्ता गरेको प्रहरीले अअनुसाधान्मा खुलाएको छ। वडा अध्यक्षले गोप्यरुपमा लागुऔषध ओसारपसार गरेको जाकारी पछि प्रहरीले निगारानी गरेको थियो।

बर्वास्थित तिलावे पुल नजिक सडकमा प्रहरीले वडा अध्यक्ष अमेरीकाले चलाइरहेको गाउँपालिकाको ना १ ब ३५९५ नम्बरको सरकारी मोटरसाइकल रोकेर जाँच गरेको थियो

मोटरसाइकलको फिल्टर बक्सभित्र लुकाएर राखिएको ७९ ग्राम खैरो हेरोइन बरामद भएको प्रहरी निरीक्षक थापाले जानकारी बताए ।

वडासदस्य बलिस्टर सहनीपनि ना ६२ प १९४२ नम्बरको मोटरसाइकलमा वडा अध्यक्षको पछि पछि आएका थिए। तिनै जनालाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको निरिक्षक थापाले बताए।