श्रीमतीको कान काटेर फरार श्रीमान पक्राउ कान जोड्न अस्पताल
धनगढी – श्रीमतीको कान काटेर फरार रहेका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ। दुइ दिन अघि बझाङ जयपृथ्वी नगरपालिका वडा नम्बर,१ भण्डार गाउँकी २१ वर्षीया जानकी नेपालीको बायाँ कान काटेर २५ वर्षीय श्रीमान् मनोज नेपालीलाई जिल्ला प्रहरी कार्यालय बझाङ्गले पक्राउ गरेको हो।
उनले श्रीमतीको कान चक्कुले काटेर भागेका थिए। श्रीमानले कान काटिदिएपछि कानको टुक्रा लिएर जानकी जिल्ला अस्पताल बझाङ पुगेकी थिइन्। मनोजले यो भन्दा पहिले पनि जानकीमाथि पटक पटक कुटपिट गर्ने सिलिन्डरले हान्ने चुरोटले पोल्ने जस्ता हर्कत गर्ने गरेको पिडितले बताईन।
बुधबार पनि मदिरा सेवन गरेर आएका उनले आफन्तसँग हाँसेको निहुँमा कुटेको र बेहोस भएर पल्टीएपछि कान काटेर भागेका थिए । सोहि दिन कान जोड्न अस्पताल जान खोजेपनि बेहोस भएर उनि जान नसकेको बताउछिन।
शुक्रबारमात्रै एक जना महिलाले उनलाई अस्पताल पुर्याइएकि थिइन्। उनको घर एकान्तामा भएको हुँदा दुख पर्दा जति पिडा भएपनि कसैले सुन्नन सक्दैन। अहिले बाध्य भएर मनोजले गरेका हर्कत बाहिर ल्याउनु परेको जानकीले बताईन।
उनका तीन छोराछोरी छन्। हिंसा र यातना दिनेलाई कडा सजाय पाउनुपर्ने जानकीका आमाबुबाको भन्दै जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दिएक चाहन। पिडितका आफन्तले न्याय माग्दै उजुर गरेपछि हामीले मनोजलाई पक्राउ गरेर अनुसन्धान अगाडी बढाएका छौ, प्रहरी नायब उपरीक्षक रुपक खड्काले भने।

