कक्षा १२ को परीक्षा साउन ३१ देखि

साउन ६ ,काठमान्डौ – राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले आउँदो साउन ३१ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने जनाएको छ।

भौतिक रुपले विद्यार्थीलाई उप्स्तिथित गराएर ३१ देखि भदौ ९ गते सम्म परिक्षा संचालन गर्ने आजको बोर्ड बैठकले निर्णय गरेको छ।

विद्यार्थीले आफूले पढेको विद्यालयमा भौतिकरुपमा परीक्षा दिने गरी विद्यालयमा परीक्षा केन्द्र (होम सेन्टर) निर्धारण गरेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए।

स्वास्थ्य मापदण्ड अपनाएर कोभिड-१९ बाट सुरक्षित हुँदै परिक्षा दिने व्यवस्था मिलाइने बैठकले जनाएको हो। परिक्षा संचालन गर्न कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले अनुमति दिईसकेको छ।

बोर्डले गत वर्ष बोर्डले ४० प्रतिशत मूल्याङ्कनका लागि परीक्षा लिएको थिय। यो वर्ष भने शतप्रतिशत नै परीक्षा लिने भएको । यो वर्ष कक्षा १२ मा परीक्षाको तयारीमा रहेका करिब तीन लाख ८६ हजार विद्यार्थी छन्। जसको लागि बोर्डले देशभरमा चार हजार ३१० परीक्षा केन्द्र निर्धारण गरेको छ।