एमालेका नेता कार्यकर्ता कंगाल हुन् भने झलनाथ खनालको उपचार हामि उठाउछौँ : भीम उपाध्याय
साउन ७ ,काठमान्डौ – नेपाल सरकारका पूर्वसचिव समाजसेवी भीम उपाध्यायले नेकपा एमाले र तिनका नेता,कार्यकर्ता कंगाल हुन् भने एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च हामि उठाउछौँ भनेका छन्।
नेपालको धनाढ्य दल एमालेका ९ लाख समर्थक कार्यकर्ता र नेताहरूले पूर्वप्रधानमन्त्री समेत रहेका नेता झलनाथको उपचार खर्च जुटाउन सक्दैनन् भने उपचार खर्च आफूहरुले उठाउन सक्ने बताएका हुन्। १७५ संघीय सांसद, ४०० प्रदेश सांसद, ५०० मेयर ,उपमेयर र अध्यक्ष उपाध्यक्ष कंगाल रहेछन् है? उपाध्याले प्रश्न गरे।
उनीहरुले एक महिनाको मात्र तलब दिने हो भने रू ५ करोड त एक दिनमै उठ्छ उनले भनेका छन्। नेता खनाल मृगौला सम्बन्धि बिरामी भएर भारतमा उपचार गरिरहेका छन्।उनको खर्च निवर्तमान प्रधानमन्त्री केपी ओलीले सरकारले व्यहोर्ने बताएका थिए।
यस्तै केहि दिन अगाडीपनि प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले व्यहोर्ने भनेपछि नेपाली कांग्रेसका नेता गगन थापाले विदेशमा उपचार गर्ने जो कोहिको उपचार खर्च सरकारले व्यहोर्ने नसक्ने बताएका छन् ।
अहिले यो विषयले निकै भाईरल बनेको छ। स्वास्थ्य जस्तो संवेदनशिल विषयमा नेताहरुबीच उपचार खर्च तिर्ने विषयमा विवाद उत्पनन देखिएपछि पूर्वसचिव भीम उपाध्यायले खनालको उपचार खर्च उठाईदिने बताएका हुन्।