ओली निकटको युथ फोर्सलाई काउन्टर नेपाल पक्षको ‘पिपुल्स भोलेन्टियर’ घोषणा

काठमान्डौ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले ‘पिपुल्स भोलेन्टियर’ को घोषणा गरेको छ। बिहीबार भक्तपुरमा आयोजित पुष्पलाल स्मृति दिवसको कार्यक्रममा युवा संघले पिपुल्स भोलेन्टियर’ घोषणा गरेको हो।

कार्यक्रममा माधव नेपालल पनि उपस्थित थिए। शिव श्रेष्ठ अध्यक्ष र मनोज खत्री सचिव रहने गरी पिपुल्स भोलेन्टियर घोषणा गरिएको हो। अध्यक्ष केपी ओलीनिकट युवा संघले युथ फोर्सको घोषणा गरेको थियो।

त्यसलाई काउन्टर दिदै नेपाल पक्षनिकट युवा संघले ‘पिपुल्स भोलेन्टियर’ घोषणा गरेको हो। केहि दिन अघि नेपाल निकट युवा संघले अखिल फोर्स गठन गरेको थियो।