चितवनमा भरत गुरुङको ह,त्या प्रकरण सैनिक प,क्राउ
साउन ८ ,चितवन – चितवनको भरतपुर महानगरपालिका,१७ स्थित सिमल डाँडा खेतमा पानीको घोलमा मृत फेला परेका नेपाली सेनाका हुद्धा भरत गुरुङको ह,त्या प्रकरणमा एक जनालाई पक्राउ गरिएको छ।
ह,त्यामा संलग्न भएको आरोपमा चितवन प्रहरीले नेपाली सेनामा कार्यरत गंगाधर ढकाललाई पक्राउ गरेको छ । पक्राउ परेका व्याक्तिको नाम भने सर्वजाइक नगरीएको र केहि बेरमा आरोपीलाई सार्वजनि गर्ने तयारि रहेको चितवनका एसपी ओम अधिकारीले बताए।
चितवनको टाँडीबाट पक्राउ परेका ढकालको साथबाट प्रहरीले भरत गुरुङलाई गोली हान्न प्रयोग भएको एक थान पेस्तोल र एउटा एसएमजी बरामद गरेको छ ।
धादिङको निलकण्ठ नगरपालिका घर भएका भरत गुरुङको शव बिहिबार विहान सिमलडाँडा खेत नहरमा फेला परेको थियो । शव नजिक गोलीको खोका फेला परेपछि घटनाको अनुसन्धान अगाडी बढाईएको थियो। शव पोष्टमार्टमका लागी भरतपुर अस्पतालमा राखिएको छ ।
महेन्द्र दल गण राष्ट्रिय निकुञ्ज शिवपुरी, टोखा दरबन्दी भएका ३६ वर्षीय भरत गुरुङ ६ दिनको बिदा लिएर चितवन पुगेको जानकारी हुन आएको छ ।