भीम रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिए
साउन ८ ,काठमान्डौ- नेकपा एमाले नेता भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् ।
उनले शुक्रबार सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर राजीनामा फिर्ता लिएको सभामुखको सचिवालयले जनाएको छ । शेरबहादुर देउवाले विश्वासको मत लिनको दिन उनले सांसदबाट राजीनामा दिएका थिए।
नेकपा एमालेका बरिस्ठ नेता माधव कुमार नेपालले रावललाई राजिनामा फिर्ता लिन निर्देशन गरेका थिए।

