विप्लव र कमल थापा बीच भेटवार्ता
साउन ८ ,काठमान्डौ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापा र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।
विप्लव थापालाई भेट्न शुक्रबार प्रवक्ता विश्व प्रकाश शर्मा र हेमन्त प्रकाश ओलीसहित बूढानीलकण्ठ पुगेका थिए। भेटमा समसामयिक राजनीतिक अवस्थाका विषयमा भेटवार्ता भएको बुझीएको छ।
विप्लवले यो भन्दा अगाडी विभिन्न राजनीतिकदलका नेताहरुलाई भेटेका थिए। उनले निवर्तमान केपी ओली सरकार र विप्लवबीच भएको ३ बुँदे सम्झौता कार्यनावन नभएको बताउँदै आईरहेका छन्।

