Gold
Bangad salyan

सुजिता भण्डारी ह,त्या प्रकरणमा आफ्नै काकाको छोरा पक्राउ, दाजु बहिनीमा विवाह गर्ने प्रस्ताव

साउन ८ ,काठमान्डौ- चितवनको राप्ती नगरपालिका,३ की २३ वर्षीया सुजिता भण्डारीको मृ,त्यु प्रकरणमा सुजिताको ठुलो बुबाको छोरा दाजु पर्ने सचिन भनिने सुकदेव भण्डारी पक्राउ परेका छन्।

झापाको झापा गाउँपालिका- ६ शरणमति घर भएका २३ वर्षीय सचिनलाई प्रहरीले काठमान्डौबाट पक्राउ गरेको हो। उनीहरुको विवाह गर्ने कुराको विवाद हुँदा सुजिताले आ,त्मह,त्या गरेको खुलेको प्रहरीले शुक्रबार पत्रकार सम्मलेनमा जनाएको छ।

उनीहरूको सम्बन्ध दाजुबहिनीको मात्र नभई शंकास्पद देखिएको इलाका प्रहरी कार्यालय टाँडीका डिएसपी ईन्द्रबहादुर रानाले बताए। उनीहरु दुवै काठमान्डौ बस्ने भन्दै सल्हा भएपछि सुजिता दिदीकोमा बस्न्ने भन्दै काठमान्डौ आएको देखिन्छ।

त्यसपछि सचिनलाई कोठा खोज्न दबाब दिएपछि उनीहरुसंगै बसेको खुलेको छ । लामो समयपछि एक अर्को सम्बन्धनमा रहेपछी सुजिताले सचिनलाई विवाह गर्न दबाब दिएको पक्राउ परेका सचिनले बताएका
छन्।

आफ्नै बहिनि पर्नेसंग विवाह गर्ने नैतिक र सामाजिक संकट देखिएपछि दुवै सम्भव भएसम्म विदेश जाने सम्भव नभए सम्म एक अर्काले अपहरणको बहाना गर्ने र कसैले नदेख्ने ठाँउमा विवाह गरेर बस्ने योजना रहेको सोध पुछमा खुलेको रानाले बताए।

गत असार ९ गते बिहान सुजिताले सचिनलाई विवाहको प्रस्ताव राख्दा विवाद समेत भएको थियो। विवाह नगर्ने भए आफू मर्ने भनेको प्रहरी नायब उपरीक्षक रानाले बताए।

सुजिताको पोष्टमार्टम पछि प्रहरीले भिसेरा गर्न राष्ट्रिय विधि विज्ञान प्रतिष्ठानमा पठाएको थियो। जसको रिपोर्ट आएको छैन। असार ११ गते हराएकी सुजिताको असार २० गते चितवनको जंगलमा शव फेला परेको थियो।