Gold
Bangad salyan

स्वास्थ्य मापदण्ड पालना गर्दै लामो दुरीका सवारी साधन चल्ने

साउन ८ ,काठमान्डौ – सरकारले उपत्यकामा स्वास्थ्य मापदण्ड पालना अगर्दै मध्यम तथा लामो दुरीका सवारी साधन चल्न दिने निर्णय गरेको छ।

यसअघि स्थानीय प्रशासनबाट आन्तरिक रुपमा र काम विशेषले आएका सवारीलाई उपत्यकाभित्र प्रवेश गर्न दिइने निर्णय भएको थियो ।

नेपाल सरकार (मन्त्रिपरिषद) को यही साउन ४ को निर्णयअनुसार यातायात सञ्चालनको व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंले यातायात व्यवसायीलाई अनुरोध गरेको छ ।

काठमाडौं प्रशासनले शुक्रबार विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्को निर्णयानुसार त्रिभुवन विश्वविद्यालय तथा लोकसेवा आयोगलगायतका निकायबाट परीक्षाका कार्यक्रम सार्वजनिक भएकाले देशका विभिन्न भागबाट परीक्षार्थी आउने तथा सर्वसाधारणको आवतजावतसमेतलाई सहज बनाउन यातायतका साधन सञ्चालन गर्न अनुरोध गरिएको हो । यस्तै निवार्यरुपमा टिकट काटेर मात्रै यात्रा गर्न प्रशासन कार्यालयले अनुरोध गरेको छ।